काठमाडौं । समलिङ्ग पावर कम्पनीको संचालकमा वविता फूयल नियुक्त भएकी छिन् । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले ईकयुटास होल्डिङस् कम्पनीको आधिकारी प्रतिनिधको रुपमा फूयललाई नियुक्त गरेको हो ।
कम्पनीको मुख्य सेयरधनीको रुपमा रहेको ईकयुटास होल्डिङस् कम्पनीको तर्फबाट यसअघि विनय कुमार तोदी प्रतिनिधित्व गर्दै समलिङ्ग पावरमा संचालक थिए । उनलाई ईकयुटास होल्डिङस्ले फिर्ता बोलाएपछि रित्त रहेको संचालक पदमा फूयललाई नियुक्त गरिएको हो ।
२०७० चैत्र २३ मा नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा समलिङ्ग पावर कम्पनीको नाममा दर्ता भई २०७६ जेष्ठ २४ गते पब्लिक लिमिटेड कम्पनी भई कारोबार संचालन गर्दै छ । हाल इलाम जिल्लाको इलाम नगरपालिका (साबिक इलाम नपा र गोदक गाविस तथा माइजोगमाई गाउँपालिका (साविक सोयाङ र नामसालिङ गाविसहरु) हुँदै बहने माई खोलाको श्रोत उपयोग गरी ९.५१ मेगावाट क्षमता भएको माईबेनी जलविद्युत आयोजना संचालन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्