Shikhar Insurance
National Life

बैंकका सिईओको मासिक भन्दा गभर्नरको बार्षिक तलब कम, डेपुटीहरुको कति ?

संचालकलाई भत्ता कति?
सिंहदरबार संवाददाता
२०७९ पुष १२, मंगलवार १४:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी हरेक नोटमा गभर्नरको हस्ताक्षर हुन्छ । हामीले प्रयोग गर्ने नोटमा हस्ताक्षर गरे वापत भने गभर्नरले कति तलब पाउँछन् ? यो सबैको चासोकै विषय हो ।

नोटमा हस्ताक्षरमात्र नभएर बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्ष गर्ने मुख्य जिम्मेवारी वहन गर्दै सरकारको आर्थिक सल्लाहकारको भुमिका निर्वाह गर्ने राष्ट्र बैंकको बागडोर सम्हाल्ने गभर्नरलाई सरकारले कति तलब भत्ता दिएको होला?

Citizen Life
Kumar Bank
Prabhu Insurance

गभर्नरमात्रै नभएर डेपुटी गभर्नरद्वय र राष्ट्र बैंक संचालकहरुको तलब भत्ताबारे सबैको चासो नै हो । तर, आफैले नियमन गर्ने वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुले करोडौ रुपैयाँ बढी तलब भत्ता वापत बुझ्दा गभर्नर र डेपुटी गभर्नरहरुको तलब भत्ता गरी कुल ५० लाख रुपैयाँ पनि पुग्दैन ।

२०७६ चैत २४ गतेदेखि राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी छन् । २०७७ पुसदेखि डेपुटी गभर्नरमा बम बहादुर मिश्र र डा. निलम ढुङ्गाना तिम्सिना आगामी ५ वर्षको लागि नियुक्त भएका छन् । गभर्नर र २ डेपुटी गभर्नरलाई राष्ट्र बैंकले गत आवमा कुल ३९ लाख ५७ हजार ६ सय रुपैयाँ तलब वापत खर्च गरेको छ । भने उनीहरु सहित ११ जना संचालकलाई बैठक भत्ता र अन्य सुविधा वापत कुल १ करोड ३१ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । गभर्नर र २ जना डेपुटी गभर्नरको तलब सहित राष्ट्र बैंकले बोर्ड सदस्यका लागि आर्थिक वर्ष २०७७/७८ १ करोड ७१ लाख ५३ हजार रुपैयाँ खर्च गरेको हो ।

जसमा गभर्नर अधिकारीले १४ लाख १८ हजार रुपैयाँ तलब बोर्ड बैठक भत्ता ३ लाख ५ हजार र अन्य सुविधा वापत ३१ लाख ८१ हजार गरी कुल ४९ लाख ५ हजार रुपैयाँ बुझेका हुन् ।

साथै, डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले तलब वापत १२ लाख ६९ हजार, बोर्ड बैठक भत्ता २७ लाख ३ हजार र अन्य सुविधा वापत २७ लाख १७ हजार रुपैयाँ गरी कुल ४२ लाख ६० हजार रुपैयाँ तलब भत्ता गत आवमा बुझेकी हुन् भने, अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले तलब वापत १२ लाख ६९ हजार, बैठक भत्ता २९ लाख ६ हजार र अन्य सुविधा वापत २६ लाख ३६ हजार रुपैयाँ गरी कुल ४२ लाख २ हजार रुपैयाँ बुझेका छन् ।

त्यसैगरी, अर्थसचिवका रुपमा राष्ट्र बैंकमा गत वर्ष विभिन्न समयमा बोर्ड सदस्य रहेका मधु मरासिनीले ७ लाख ४३ हजार रुपैयाँ र शिशिर ढुंगानाले ४१ हजार रुपैयाँ बोर्ड बैठकको भत्ता तथा अन्य सुविधा पावत बुझेका हुन् ।

त्यसैगरी बोर्ड सदस्यहरु चिन्तामणी शिवाकोटीले १ लाख २५ हजार, शंकर प्रसाद आर्चायले १ लाख १३ हजार, डा. श्रीराम पौड्यालले १३ लाख ३८ हजार, रामजी रेग्मीले ५ लाख ७७ हजार, र सीए डा. सुबोधकुमार कर्णले ८ लाख ४७ हजार रुपैयाँ तलब तथा भत्ता वापत रकम बुझेका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरुले बार्षिक रुपमा बुझेको तलब केहि बाणिज्य बैंकका सिईओहरुको भन्दा पनि कम हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्