Shikhar Insurance
National Life

कुमारी र एनसीसीको एकिकृत कारोबार पुस १७ गतेदेखि, १५ र १६ गते सबै सेवा बन्द रहने

सिंहदरबार संवाददाता
२०७९ पुष १२, मंगलवार १३:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकले मर्जरपछि पुस १७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै बैंकले मर्जर सम्बन्धी निर्णय साधारण सभाबाट पास गरिसकेको र नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भैसकेको बताउँदै पुस १७ गते आइतबारदेखि एकिकृत कारोबार गर्ने भएका हुन् ।

एकिकृत कारोबार अघि डाटा माइग्रेशनको काम गर्नु पर्ने भएकाले दुबै बैंकले पुस १५ र १६ गते सबै सेवाहरु अवरुद्ध हुने जानकारी पनि गराएएका छन् । कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंककै नामबाट कारोबार हुनेछ । मर्जरपछि बैंकको सिईओका रुपमा एनसीसीका रमेश अर्याल कायम रहनेछन् भने कुमारीका रामचन्द्र खनालले बरिष्ठ डेपुटी सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्