काठमाडौं । सरकारले डा. दिनमणि पाखेरेललाई महान्यायाधिकवक्ता नियुक्त गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. पोखरेललाई नियुक्त गरेका हुन् ।
महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने कानुनी व्यवस्था छ । डा. पोखरेललाई मंगलबारै राष्ट्रपतिबाट शपथ ग्रहण गराउने कार्यक्रम छ । उतिबेला केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा डा. पोखरेलले सो कदमलाई गैरसंवैधानिक भन्दै सर्वाेच्च अदालतमा बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्