काठमाडौं । पुस ७ गतेदेखि आन्दोलन गरिरहेका बिराटनगरका व्यवसायीलाई सरकारले वार्तामा बोलाएको छ । प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बिष्णु पौडेलले आन्दोलन रोकेर वार्ताका लागि काठमाडौं आउन आग्रह गरेका हुन् । प्रधानमन्त्री र अर्थमन्त्रीले छलफलका लागि बोलाएपछि बिराटनगरमा आन्दोलनरत व्यवसायीहरु ७ सदस्यीय वार्ता टोली बनाएर काठमाडौं उडेका छन् ।
नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भिम घिमिरेले आफुहरुलाई प्रधानमन्त्री र अर्थमन्त्रीले छलफलका लागि बोलाएकाले आन्दोलन रोकेर काठमाडौं हिडेको बताए । ‘हामीलाई आन्दोलन रोकेर वार्ताका लागि आउनुस भन्ने खबर आयो, हामी ७ सदस्यीय टिम लिएर काठमाडौं हिडेका छौं, हाम्रा माग पक्कै पुरा हुनेछन्’, परिस.घ प्रदेश १ का अध्यक्ष घिमिरेले सिंहदरबारसँग भने ।
परिसंघ प्रदेश १, मोरङ व्यापार संघ, उद्योग संघठन मोरङसहितका व्यवसायीहरुले चर्काे ब्याजदर, तरलता अभाव लगायतका समस्या उठाउँदै पुस ७ गतेदेखि आन्दोलन गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्