काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । यी दुई लघुवित्तसंस्था एक आपसमा गाभ्ने गाभिने अर्थात मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सेयर कारोबार रोक्का भएको हो ।
यी दुबै लघुवित्त संस्थाले पुस ११ गते सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्तले एक आपसमा मर्ज हुन सम्झौता गरेका छन् ।
उक्त समझदारी पत्रमा हस्ताक्षर गरेपछि आज मंगलबार अर्थात् पुस १२ गतेदेखि लागु हुने गरी दुबै संस्थाको सेयर कारोबार रोक्का गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्