Shikhar Insurance
National Life

‘अर्थतन्त्र संकटको संघारमा छ, उद्धार गर्ने हिम्मत सहित अर्थमन्त्री हुन आएको हुँ’

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार १९:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेले संकटको डिलमा रहेको अर्थतन्त्रको तत्काल उद्धार गर्न आफु तयार रहेको बताएका छन् । उनले सोमबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै सो बताएका हुन् ।

‘मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । संकटको डिलमा रहेको यो अर्थतन्त्रलाई सुरक्षित ठाँउमा फर्काउनको लागि र व्यवस्थित रुपमा अघि बढाउँनको लागि धेरै ठुलो मेहनत गर्नु पर्ने र दुनिएका अनुभवहरु र हाम्रा आफ्नै विगतका अनुभवहरुबाट राम्रो शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ भन्ने मलाइ लाग्छ,’ पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पत्रकारहरुसँग भने, ‘त्यसैले अर्थतन्त्रका सबै विज्ञहरुको राय र सुझावलाई संगठित गर्दै अर्थतन्त्रका चुनौतिहरु के हुन्, ती चुनौती सिर्जना हुनको राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हो? यस्ता समस्याका समाधान के हुनसक्छन्? सबै क्षेत्रका विषेशज्ञ र विज्ञहरु सँग सघन ढंगले छलफल तथा सम्वाद गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने आत्माविस्वासका साथमा यो जिम्मेवारीमा उपस्थित भएको छु ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बिग्रिन्दो अर्थतन्त्रबाट चिन्तित भएकाहरुसँग जिवन्त सम्वादमा रहेर समस्या पहिचान गर्ने र समस्या समाधानको लागि घनिक्ष्ट सहकार्य गर्ने प्रतिवद्धता उनले गरे ।

‘अर्थतन्त्रबारे चिन्तित जो कोहीसँग पनि जिवन्त सम्वादमै रहेर समाधान गर्ने प्रयास गर्छु, धेरै चिन्तित हुनु पर्ने अवस्था छैन्, चुनौती काबु बाहिर छैनन्, समाधान गर्न सकिन्छ र राष्ट्रिय अर्थतन्त्रलाई पुनः सवल ढंगबाट अघि बढाउन सकिन्छ ।’ उनले आजको चुनौतीहरुलाई चिर्दै दिगो अर्थतन्त्र निर्माणमा सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्