Shikhar Insurance
National Life

जाँदा-जाँदै बैंकलाई जनार्दनकाे उपहार, स्थानीय तहको पैसा असारसम्म निक्षेपमा गणना गर्न पाउने

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार १४:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जाँदा जाँदै बाणिज्य बैंकहरुलाई बम्पर उपहार दिएका छन् । लगानी योग्य पुँजीको चरम अभाव खेपिरहेका बैंकहरुलाई उनले एकै पटक अरबौं रुपैयाँ बराबरको निक्षेप सुनिश्चित गरिदिएका हुन् ।

उनै अर्थमन्त्री शर्माले असार गत असार मसान्तमा स्थानीय तहहरुले बाणिज्य बैंकहरुमा राखेको रकमको ८० प्रतिशत हिस्सा निक्षेपमा गणना गर्न पाउने सुबिधा दिएका थिए । त्यस्तो सुबिधा पुस मसान्तसम्म कायम रहने व्यवस्था थियो । पुस मसान्तमा त्यो सुबिधा कटौती हुँदा बाणिज्य बैंकहरुलाई लगानी योग्य पुँजीको मात्रै होइन, तरलताकै समस्या हुन्थ्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर मन्त्री शर्माले जाँदा जाँदै पुससम्म कायम हुने भनिएको सुबिधालाई असार मसान्तसम्म लम्ब्याईदिएका छन् । मन्त्री शर्माले पुस ८ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय तहहरुले बाणिज्य बैंकहरुमा राखेको रकमको ८० प्रतिशत हिस्सा निक्षेपमा गणना गर्न पाउने बनाईदिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्