काठमाडौ । इस्टर्न हाइड्रोपावले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा होटेल हार्दिक, बागबजार, काठमाडौंमा हुनेछ । कम्पनीले यस बर्ष कुनै लाभांश सम्बन्धी प्रस्ताव गरेको छैन् ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्