Shikhar Insurance
National Life

आँधिखोला लघुवित्तद्वरा ३१.५८ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार १२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको १६५औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पुँजी ११ करोड ९० लाख रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने रकम ३ करोड ५७ लाख बोनस सेयर र बोनस सेयर भुक्तानी गर्दा लाग्ने कर वापत १.५८ प्रतिशतका दरले हुन आउने १८ लाख ७८ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्