Skip to content
Shikhar Insurance
National Life

साधना लघुवित्तले पुस ३० गते बोलायो साधारण सभा, पुस २० गते बुक क्लोज गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं। साधना लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। सभा पुस ३० गते गोरखामा बस्ने कम्पनीले जनाएको छ ।

सभाले लाभांश बाहेक अन्य नियमित एजेन्डा पारित गर्ने र गत आर्थिक वर्षका लागि लघुवित्तले २० प्रतिशत लाभांश दिने प्रस्ताव बारे सभाले छलफल गर्नेछ।

त्यसैगरी, सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँको १९ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँ बोनस सेयर र १ प्रतिशतका दरले हुन आउने ३२ लाख १२ हजार २५५ रुपैयाँ नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै,  मर्जर सम्बन्धि कार्य गर्न सभाले सञ्चालक समितिलाई अधिकार दिनेछ ।

कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १९ गते सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पउन सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्