काठमाडौं । गुराँस लघुवित्तले सेयरधनीहरुलाई साधारण सभा बोलाएको छ । कम्पनीले पुस ३० गते भेडेटार भिलेज रिसार्ट, धनकुटामा वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने भउको छ । सोहि अन्ुसार पुस १९ गतेसम्म नेप्सेका कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्