Skip to content
Shikhar Insurance
National Life

नेरुडे लघुवित्तद्वरा २३.१५ प्रतिशत लाभांश वितरण, नगद र बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले यस वर्ष अघिल्लो आर्थिक वर्षभन्दा बढी लाभांश वितरण गर्ने भएको छ। अघिल्लो आवमा कम्पनीले कुल २२.६२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्