Skip to content
Shikhar Insurance
National Life

१५.७८ प्रतिशत लाभांश पारित गर्न कालिका पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका पावर कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, भरतपुर, चितवनमा सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव परित गर्नेछ ।

सथै, कालिका कन्स्ट्रक्सन प्रा.लि. अन्तर्गतको गोरखा जिल्लास्थित दरौदी खोलामा प्रस्तावित ८.३ मेगावाटको माथिल्लो दरौदी बि साना जलविद्युत आयोजना र ९.८२ मेगावाटको माथिल्लो दरौदी सि साना जलविद्युत आयोजना खरिद गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने २ जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावाहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। सोहि अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्