Skip to content
Shikhar Insurance
National Life

एनआईबिएल ग्रोथ फण्डको १६ करोड इकाई आजदेखि निष्काशन

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईबिएल एस क्यापिटलले आज (पुस ७ गते) देखि एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले १६ करोड इकाई निष्काशन गरेको हो । यस योजना क्यापिटलले १० वर्ष अवधिको लागि निष्काशन गरेका हो ।

क्यापिटलले निष्काशन तथा बिक्री खुल्ला गरेको कुल इकाई मध्ये १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापकलाई लागि, १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि र सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो फण्ड निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

उक्त फण्डका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ।

यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्