Skip to content
Shikhar Insurance
National Life

शुभम पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन,कसरी दिने आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज(पुस ६ गते) देखि प्रतिकित्ता १०० अङ्कित दरमा ५८ हजार ५८ कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन तथा (आइपीओ) बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणमा निष्काशन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५ सय ८० कित्तासहित कूल ५ लाख ८० हजार ५ सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री गरेको हो ।

निष्काशित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म आवेनद दिन सक्नेछन् ।

लगानीकर्ताहरुले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ गते देखि ९ सय ९० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ ।

कसरी दिने आवेदन ?

वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा ‘मेरो शेयर’मार्फत सेयर खदिरको आवेदन दिन सकिन्छ ।

विदेशमा रोजगारी गरिरहेका नेपालीले विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी सेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

त्यसमा आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार आफू रोजगारमा रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने अथवा सार्वजनिक निष्काशनको अन्तिम मितिभित्र रोजगारमा रहेको देशबाट रकम जम्मा गरी आवेदन दिन सकिने व्यवस्था गरेको धितोपत्र बोर्डले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्