काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न राधी विद्युतले पुस २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभा पुस २८ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा हुनेछ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
त्यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रवितेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १२ गतेसम्म नेप्सेमा करोबार भइ कयम सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्