काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ५ गते मंगलबार बसेको सञ्चालक समितिको ९५औं बैठकले सो निर्णय गरेको हो ।
सेयरधनीलाई लाभांश नदिने कम्पनीले पुस २९ गतेका लागि २२औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायत प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछन । सभाका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्