काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १३.१५७९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १२.५० प्रतिशत बोनस सेयर र र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणको स्वीकृती र आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्