काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश प्रस्ताव परित गर्ने पुस ३० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसारको हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९२४ रुपैयाँ नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ ।
यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते (आइतबार) बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १४ गते (बिहीबार) सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्