Shikhar Insurance
National Life

आन्तरिक राजस्व लक्ष्यभन्दा १३.६३ प्रतिशत कम, आयकर र भ्याट असुली बढी प्रभावित

सिंहदरबार संवाददाता
२०७९ पुष ४, सोमबार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३.६३ प्रतिशत विन्दुले कम हो ।

विभागले मङ्सिर मसान्तसम्ममा १ खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार रुपैयाँ बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिसम्ममा १ खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार रुपैयाँ बराबर मात्रै उठेको छ । अर्थात् लक्ष्यभन्दा करिब २४ अर्ब रुपैयाँ न्यून राजस्व सङ्कलन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अवधिमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क कुनै पनि शीर्षकको राजस्व असुलीमा लक्ष्य भेटिएको छैन । राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको लक्ष्यमा आयकर ८०.६१ प्रतिशत, मूल्य अभिवृद्धि कर ८२.४७ र अन्तःशुल्क ९७.९ प्रतिशत बराबर मात्रै पुगेको छ ।

यो अवधिसम्ममा विभागले ५७ अर्ब ६६ करोड ७९ लाख ९१ हजार रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य राखेको थियो । तर वास्तविक आयकर असुली भने ४६ अर्ब ४८ करोड ४९ लाख २२ हजार रुपैयाँ बराबर छ ।

त्यस्तै, भ्याट शीर्षकमा ५० अर्ब ९७ करोड ७० लाख ८८ हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य थियो । तर यो अवधिको भ्याट असुली ४२ अर्ब ३ करोड ८७ लाख रुपैयाँ बराबर मात्रै छ । ५ महिना अवधिमा अन्तःशुल्कतर्फ ४३ अर्ब ६४ करोड १० लाख रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा ४२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबर मात्रै उठेको छ ।

घर बहाल कर असुलीमा पनि सरकारको लक्ष्य पुगेको देखिँदैन । मङ्सिर मसान्तसम्म १ अर्ब १५ करोड ५२ लाख ६१ हजार रुपैयाँ घर बहाल कर उठाउने विभागको लक्ष्य रहेकोमा ७१.१४ प्रतिशत अर्थात् ८२ करोड १८ लाख ९० हजार रुपैयाँ बराबर मात्रै उठेको छ ।

स्वास्थ्य सेवा कर र शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । मङ्सिर मसान्तसम्म २ अर्ब २३ करोड २६ लाख १९ हजार रुपैयाँ स्वास्थ्य सेवा कर उठाउने विभागको लक्ष्य थियो । तर लक्ष्यको १ सय ४० प्रतिशत अर्थात् ३ अर्ब १३ करोड ८८ लाख २८ हजार रुपैयाँ असुली भएको छ । त्यस्तै, शिक्षा कर ६० करोड ५५ लाख ७६ हजार रुपैयाँ बराबर असुली गर्ने लक्ष्य राखिएकोमा ८० करोड ८१ लाख ६६ हजार रुपैयाँ बराबर उठेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार विश्व परिदृश्य र अर्थतन्त्रमा आन्तरिक समस्याको असर राजस्व असुलीमा देखिएको हो । विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउँछन् । “अन्तर्राष्ट्रियरूपमा र देशभित्रै देखिएका अर्थतन्त्रका उतार चढावको असर आन्तरिक राजस्व असुलीमा देखिएको हो । सामान्य अवस्थालाई हेरेर लक्ष्य निर्धारण गरिएको हुन्छ । तर यसवर्ष विभिन्न कारणले परिस्थिति असामान्य बन्यो”, निर्देशक प्याकुरेलले भने।

विभागले हरेक वर्ष अघिल्लो वर्षको भन्दा बढाएर नै राजस्व अनुमान गरेको हुन्छ । यस वर्ष पूँजीबजार र घरजग्गाको कारोबारमा मन्दी देखिएका कारण आयकरमा असर देखिएको उनको भनाइ छ । “गत वर्ष घरजग्गा र सेयरको कारोबार राम्रो थियो । जसकारण पूँजीगत लाभकर बढी उठेको थियो । तर यसवर्ष बजार घटेपछि त्यसको असर पनि सरकारी राजस्व असुलीमा देखियो”, प्याकुरेलले जानकारी दिए।

गत कात्तिक मसान्तसम्म अन्तःशुल्क असुली लक्ष्यअनुसार नै रहे पनि पछिल्लो समय बियर र मदिराजन्य वस्तुको कारोबार घटेका कारणले त्यसको समेत असर देखिएको विभागको भनाइ छ । त्यस्तै, बैंकको तरलता अभाव, चालु पूँजी कर्जा नपाउनु, वस्तुको आयातमा प्रतिबन्ध, सरकारको पूँजीगत खर्च न्यून हुनु जस्ता कारणले राजस्व कम उठेको विभागको बुझाइ छ । पूँजीगत खर्च कम हुँदा सरकारलाई भुक्तानी गर्नु पर्ने मूल्यअभिवृद्धि कर पनि घटेको विभागले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्