Shikhar Insurance
National Life

भेलु बाजेको हर्कत रोक्न प्रहरीमा उजुरी, रक्सी खुवाएर इन्टरभ्यु लिने मिडियालाई समेत नियन्त्रणमा

सिंहदरबार संवाददाता
२०७९ पुष ४, सोमबार १६:२९
Hyundai
NCELL
NIMB

प्युठान । सामाजिक सञ्जालमा भाइरल ‘भेलु बाजे’को हर्कत रोक्नु पर्यो भन्दा जिल्ला प्रहरी प्रशासन प्युठानमा उजुरी परेको छ । सामाजिक संजालमा ‘भेलु बाजे’ नामले परिचित प्युठान जिल्ला जुम्रिकाँढा घर भएका मिन बहादुर बुढाले हर्कतले समाजमा नकारात्मक प्रवाभ परेको भन्दै रोक्न पुस ४ गते सोमबार उजुरी परेको हो ।

प्युठान ३ झिमरुक कै सुभाव जिसी जिल्ला प्रशासन कार्यालयमा मिन बहादुर बुढा ‘भेलु बाजे’ विरुद्ध उजुरी दिएका हुन् । भेलु बाजेलाई विभिन्न मिडियाहरुले मदिरा सेवन गर्न लगाए मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कत गराउने र सामाजिक सञ्जालमार्फत् समाजमा फोहोर, अश्लिल, अपाच्य हुने र अर्मयादित शब्द प्रशारण गरेको उजुरीमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेलु बाजेको सो हर्कतले बालबालिका लगायत समाजमै गहिरो नकारात्मक प्रभाव पर्न गएको भन्दै सामाजिक अनुसाशन र मर्यादा कायम गर्न भेलु बाजे र उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिलाई समेत नियन्त्रणमा लिनु प्रहरी समक्ष पेश उक्त उजुरीमा भनिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्