Shikhar Insurance
National Life

५ महिनामा बैंकको विजनेशः आरबीबीले २० अर्ब थप गर्दा एनसीसीले १५ अर्ब गुमायो, कर्जामा इन्भेष्टमेन्ट अब्बल

सिंहदरबार संवाददाता
२०७९ पुष ४, सोमबार १४:२८
Hyundai
NCELL
NIMB

काठमाण्डौं । चालु आर्थिक वर्षको ५ महिनामै वाणिज्य बैंकहरुको व्यवसाय पौने ४८ अर्ब ८० करोड रुपैयाँले थप भएको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुद्वारा प्रवाहित कर्जामा चालु आवको कात्तिक मसान्तमा आइपुग्दा १.१७ प्रतिशतले थप भएको हो ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा ५ महिनाको अवधिमा ४८ अर्ब ८० करोड रुपैयाँले थप गरी ४२ खर्ब २३ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन भने १.७४ प्रतिशतले वृद्धि भएको छ । २६ वाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चालु आवको मंसिर मसान्तसम्म आइपुग्दा ७९ अर्ब १२ करोड रुपैयाँले थप भएर ४६ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

संघद्वारा प्राप्त तथ्यांकअनुसार ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुमध्ये व्यवसाय विस्तारमा निक्षेपतर्फ राष्ट्रिय वाणिज्य बैंक र कर्जातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक पहिलो भएका छन् । यी बैंकहरु पहिलो हुँदा ५ महिनाको अवधिमा बढी निक्षेप थप गर्नेको दोस्रो नम्बरमा नबिल बैंक र तेस्रो नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । सो अवधिमा राष्ट्रिय वाणिज्यले २० अर्ब ५१ करोड, नबिल बैंकले १६ अर्ब ४ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १४ अर्ब ५९ करोड रुपैयाँ थप निक्षेप संकलन गरेको हो ।

चालु आवको ५ महिनामा १८ वटा वाणिज्य बैंकले निक्षेप थप गर्दा ८ वटा वाणिज्य बैंकको कर्जा ४० करोड रुपैयाँदेखि १५ अर्ब ५२ करोड रुपैयाँले निक्षेप घटेको छ । गत आवको असार मसान्तमा संकलित निक्षेपमा मंसिर मसान्तमा आइपुग्दा सबैभन्दा बढी निक्षेप एनसीसी बैंकको घटेको छ भने सबभन्दा थोरै सिभिल बैंकको घटेको हो ।

यसैगरी, गत असार मसान्तमा प्रवाहित कुल कर्जामा मंसिर मसान्तमा आइपुग्दा १७ वटा वाणिज्य बैंकको थप भएको छ भने ९ वटा बैंकको घटेको छ । ५ महिनाको अवधिमा कर्जा थप गर्नेको अब्बल स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहँदा दोस्रो नम्बरमा नेपाल एसबीआई बैंक र तेस्रोमा नबिल बैंक रहेको छ ।

नेपाल इनभेष्टमेन्ट बैंकले गत असार मसान्तमा संकलित निक्षेपमा १० अर्ब २९ करोड, नेपाल एसबीआईले ८ अर्ब ५४ करोड र नबिल बैंकले ८ अर्ब रुपैयाँ थप गरेका हुन् । साथै सो अवधिमा ९ वटा बैंकको कर्जा ९ करोड रुपैयाँदेखि ९ अर्ब ८ करोड रुपैयाँसम्मले घटेको छ । जसमा सबैभन्दा बढी एनसीसी बैंकको र सबैभन्दा थोरै सिभिल बैंकको घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्