काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३० प्रतिशत लाभांश पाउने भएका छन् । सोमबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले २५ प्रतिशति बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछ कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्