काठमाडौं । नेपाली काँग्रेसले आगामी ३ दिनभित्र संसदीय दलको नेता छान्ने भएको छ । आइतबार बसेको केन्द्रिय समिति बैठकले आगामी दिनभित्र संसदीय दलको नेताको निर्वाचन गरिसक्ने निर्णय गरेको हो । काँग्रेस नेता डा. प्रकाश शरण महतले संसदीय दलको नेता छान्ने निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको जानकारी दिए । सो समितिले बुधबार भित्र निर्वाचन गराउनेछ ।
काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । काँग्रेसको बिधानमा संसदीय दलको नेताले मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । संसदीय दलको नेताका लागि सभापति शेर बहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले संसदीय दलको नेता बन्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्