काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, ४ जना सञ्चालक निर्वाचन गर्ने सम्बन्धमा प्रस्ताव हुनेछ ।
प्रतिक्रिया दिनुहोस्