काठमाडौं । मञ्जुश्री फाइनान्सले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सले गत आव २०७८–०७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
फाइनान्सले अघिल्लो आवमा सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार फाइनान्सले गत आवको वासलत, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरहरु नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्