काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश घोषणा गरेका हो ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको कुल १४.२१ प्रतिशत लाभांश मध्ये बोनस १३.५ र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्