Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले लगानीकर्ताहरुलाई १०.४७ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने १०.४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE