Skip to content
Shikhar Insurance
National Life

एनएमबि बैंकको बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गर्न २७औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस २५ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ७५ हजार ९५९ रुपैयाँ २४ पैसाको ८.२५ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ११ गते बुकक्लोज गर्ने भएको छ। सोहिअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्