Skip to content
Shikhar Insurance
National Life

रिडी र नेपाल हाइड्रोलाई कारवाही गर्ने निर्णय, इन्साइडर खोज्न अनुसन्धान अधिकृत पनि तोकियो

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर र नेपाल हाइड्रोलाई कारवाही गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्ड सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले रिडी र नेपाल हाइड्रोलाई कारवाही गर्ने निर्णय गरेको हो । धितोपत्र ऐनको दफा १०१ को उपदफा ७ बमोजिम २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना र १० वर्षसम्म सञ्चालक समितिमा बस्न नपाउने नियमन रहेको छ ।

‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफुले गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पच्चीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।’, ऐनमा भनिएको छ ।

‘बोर्डले रिडी र नेपाल हाइड्रोलाई कारवाही गर्ने निर्णय गरिसकेको छ, अध्ययन प्रतिवेदनहरुले कैफियत देखाएकाले कारवाहीको निर्णय भएको हो’, बोर्ड स्रोतले सिंहदरबारसँग भन्यो । त्यस्तै, दुबै कम्पनीमा इन्साइडर ट्रेडिङ भएको आशंकामा अनुसन्धान अधिकृत तोकेर अध्ययन अघि बढाउने निर्णय पनि भएको छ ।

रिडी पावरको इन्साइडर अध्ययन डा. नवराज अधिकारीले गर्नेछन् भने नेपाल हाइड्रोमा मुक्ति श्रेष्ठलाई तोकिएको छ ।‘दुबै कम्पनीमा इन्साइडर ट्रेडिङको सम्भावना देखियो, अध्ययनका लागि ४५ दिनको समय तोकेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौं’, बोर्ड स्रोतले भन्यो ।

धितोपत्र ऐनको दफा ९१ मा तोकिएको अनुसार इन्साडर ट्रेडिङ(भित्री कारोबार) गरेको पुष्टि भएमा दफा १०१ को उफदफा १ अनुसार बिगो बमोजिमको जरिवाना र एक वर्षसम्म कैदा वा दुबै सजाय हुन सक्नेछ । ‘दण्ड सजाय ः (१) दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’, धितोपत्र ऐनको दफा १०१ को उप दफा १ मा भनिएको छ ।

https://singhadarbar.com/post/55821/

https://singhadarbar.com/post/55843/

https://singhadarbar.com/post/56848/

GBIME

प्रतिक्रिया दिनुहोस्