Skip to content
Shikhar Insurance
National Life

नेप्से परिसूचक १४.४८ अंकले घट्दा दुई हाइड्रोपावरका लगानीकर्ताले कमाए सर्वाधिक

Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार सेयर बजार दाहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको हो ।

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४८ अंक घटेर १८८२.६० विन्दुमा बन्द भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।

यस दिन २५४ कम्पनीको २२ हजार ३७४ पटकको कारोबारमा ४८ लाख ४ हजार कित्ता सेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्से घटेपनि यस दिन दुई कम्पनीको सेयर मूल्य भने करिब १० प्रतिशतले बढेको छ। रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.९९ र ईष्टर्न हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो ।

त्यसैगरी, माउन्टेन इनर्जीको सेयर मूल्य ७.६१, धौलागिरी लघुवित्तको ४.०२ र सिङगटी हाइड्रोपावर इनर्जीको २.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबारमा आएको पिपुल्स हाइड्रोपावरको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा करोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरको सेयरको कारोबार भएको हो।

त्यसैगरी, यस दिन शिवम् सिमेन्टको ९ करोड ३१ लाख ४९ हजार, सीवाईसी नेपाल लघुवित्तको ६ करोड ३९ लाख ९४ हजार र नेपाल टेलिकमको ५ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।४९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्