काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले लगानीकर्ताहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट लगानीकर्ताहरुलाई ७२.१७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट वितरण गरेको कुल लाभांश ७२.१७ प्रतिशत मध्ये ५२.१७ प्रतिशत कर सहितको नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीले लाभांश पारित गर्नका लागि पुस २२ गतेका लागि १०औं साधारणसभा बोलाएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०७८र०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८र०७९ को आर्थिक विवरण माथि छलफल गरी पारित गर्ने, आव २०७९र०८० को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी पुस २२ गते हुने १०औं साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्