Shikhar Insurance
National Life

पर्यटकका रोजाइमा तिलागुफा, पर्यटन प्रवर्द्धनका लागि तिला नदीमा डुङ्गा व्यवस्था हुनुपर्ने

सिंहदरबार संवाददाता
२०७९ मंसिर २९, बिहीबार १३:४७
Hyundai
NCELL
NIMB

मान्म । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक राजाइमा पर्न थालेको हो ।

कर्णाली राजमार्गदेखि १ सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको वडाध्यक्ष उपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए । “वनभोजस्थल, प्रतीक्षालय र तालवरिपरि पैदलमार्ग निर्माण गरिएको छ । गुफाको पर्यटन प्रवर्द्धनका लागि तिला नदीमा डुङ्गा निर्माण गर्नुपर्नेछ, उनले भने, “पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र त्यसका विषयमा पोस्टर बनाएर प्रचारप्रसारको काम थालनी गर्ने योजना रहेको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको प्रमुख पर्यटकीय गतव्य रारा जाने बाटो पनि पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले गुफाको अवलोकन गर्ने गरेको वडाध्यक्ष न्यौपानेले बताए । प्राकृतिक धार्मिक महत्व बोकेको गुफाको लम्बाइ ४० मिटर तथा चौडाइ करिब तीन मिटर रहेको छ, उनले भने, “गुफाको बनावट प्राकृतिक रहेको हुनाले यसलाई जस्ताको तस्तै राख्ने र गुफासम्म पुग्नका लागि सडक व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।”

अहिले गुफासम्म पुग्नका लागि नगरपालिकाले सडकदेखि गुफासम्म रेलिङसहितको व्यवस्थित बाटो निर्माण गरेको र मन्दिरसहित अन्य पूर्वाधार निर्माण भइसकेको स्थानीय धर्म न्यौपानेले बताए ।

यहाँ अवलोकन गर्न आउने पर्यटकले तिलाका असला माछा स्याउ, सिमीलगायत अर्गानिक उत्पादन स्वाद लिन पाउनेगरी थप होमस्टेलगायत होटल व्यवस्थापन गर्न बाँकी रहेको स्थानीय चङ्खबहादुर रोकायले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्