Skip to content
Shikhar Insurance
National Life

शिवम् सिमेन्टले १०.५३ प्रतिशत लाभांश घोषणा सहित बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्टले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ ।

कम्पनीले २०७८र०७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १०.५३ प्रतिशतले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गरेको हो।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। सोहि अनुसार पुस २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्