काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा छैठौं महासभाले मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा वर्तमान अध्यक्ष मोदनाथ ढकाललाई १०५ मतसहित अर्को कार्यकालका लागि निर्वाचित भए । उपाध्यक्षमा मेनुका कार्की दाहोरिइन । अर्काे उपाध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भए ।
महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः नविन ढुंगाना, दिपक भट्ट र दिलु कार्की निर्विरोध निर्वाचित भए । कार्यसमितिका ४ जना सदस्यहरुमा विजय पराजुली, निकेश खत्री, सबिना कार्की र राजाराम न्यौपाने निर्वाचित भएका छन ।
प्रतिक्रिया दिनुहोस्