Shikhar Insurance
National Life

नेप्से परिसूचक सामान्य अंकले गिरावट, सीवाईसी लघुवित्तको सेयरमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ मंसिर २७, मंगलवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक २.५७ अंकले घटेर १,८९९.७० को विन्दुमा बन्द भएको हो ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.६३ अंकले घटेर ३७१.३० को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता सेयर ७७ करोड ७० लाख ८९ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ३६ करोड ६० लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको ९० कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको घटेको छ । भने, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको ७ करोड १७ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, नेपाल टेलिकमको ६ करोड ३ लाख ७१ हजार, समिट लघुवित्तको ४ करोड ६९ लाख ९५ हजार, नेपाल बैंकको ३ करोड ५१ लाख ५० हजार र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको २ करोड ९९ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

नेप्से परिसुचक घटेपनि सीवाईसी लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सन्जेन जल विद्युत् कम्पनीको ७.७३, नबील ब्यलेन्स फन्ड–२ को ६.२३, अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ५.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यता, तेह्थुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ३.२९ प्रतिशतले घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्