काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
सो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त सेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्