काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरको सम्झौता गरेका छन् ।
यी कम्पनीबीच मंसिर २६ गते सोमबार १ः१ स्वाप रेसियोमा मर्जरको सहमति भएको हो ।
मर्जर सम्झौता भएसँगै कम्पनीहरूले आज (मंसिर २७ गते) नेप्सेलाई पत्राचार गर्दै आगामी साधारणसभा नभएसम्मका लागि सेयर कारोबार रोक्का गर्न रोक्का गर्न अनुरोध गरेको छ ।
तर, पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबार गरेपछि बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का राख्ने व्यवस्था रहेकाले कम्पनीको सेयर कारोबार रोक्का हुने छैन ।
मर्जरपछि संस्थाको नाम विजय लघुवित्त वित्तीय संस्था रहने छ ।भने, कम्पनीको कूल चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्