Skip to content
Shikhar Insurance
National Life

पुस ६ गतेदेखि शुभम पावरको आईपीओ निष्काशन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । शुभम पावर कम्पनीले पुस ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आफ्नो जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात ४ करोड रुपैयाँको ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको सेयरमा बाँडफाँट नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्