Shikhar Insurance
National Life

१६.९६ अंकले बढ्यो नेप्से, समिट र सीवाईसी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ मंसिर २६, सोमबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अ‍ंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक १६.९६ अंकले बढेर १,९०२.२७ को विन्दुमा बन्द भएको हो । गत चार दिनमा ७७.९१ अंकले घटेको नेप्से सूचक सोमबार दोहोरो अंकले बढेको हो ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि केहि बढेको छ। सोमबार १ अर्ब ३६ करोड ६० लाख १० हजार रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर कारोबार भएको छ। अघिल्लो दिन १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएको १५८ कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको घटेको छ । भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार सिवाईसी लघुवित्त र समिट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । भने, नेपाल दुरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ।

यता मैलुङ्ग खोला हाइड्रोपावरको सेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशत र अजोड इन्स्योरेन्सको १.९५ प्रतिशतले घटेको छ।

यस दिन नबिल बैंकको सबैभन्दा धेरै २१ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, कुमारी बैंकको १० करोड ९८ लाख ७८ हजार, शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजार, आशा लघुवित्तको ५ करोड ९३ लाख ५० हजार र हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमा बैंकिङ्ग बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्