Skip to content
Shikhar Insurance
National Life

सनराइज बैंकले यस वर्ष सेयरधनीहरुलाई लाभांश नबाँड्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको मंसिर २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । विगतका वर्षहरुमा बैंकले निरन्तर लाभांश वितरण गर्दै आएको थियो ।

बैंकले गत वर्ष ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । भने यस वर्ष सनराइज बैंकका सेयरधनीहरूको हात खाली भएको हो ।

बैंकले विगत दश वर्षमा वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा अधिकतम् ३३.३३ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष २०७२र७३ को सञ्चित मुनाफाबाट बैंकले दश वर्षकै सबैभन्दा उच्च लाभांश वितरण गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्