काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभाले कुमारी बैंकसँग मर्जरमा जाने निर्णय पारित गरेको छ । मंसिर २५ गते सम्पन्न बिशेष साधारण सभामा सञ्चालक समिति अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले पेश गरेको मर्जर सम्बन्धी प्रस्ताव पास भएको हो ।
साथै, बिशेष प्रस्ताव अन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडले बराबर हैसियत अर्थात कुमारी बैंकको एक कित्ता बराबर एनसीसीस बैंकको पनि एक कित्ता हुने गरि तय गरिएको १ः१ को स्वाप रेसियो पनि पास गरेको ेछ ।
बैंकले हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्