Shikhar Insurance
National Life

नबिल बैंकले घोषणा गर्यो सर्वाधिक लाभांश, लगानीकर्तालाई बम्पर ३० प्रतिशत प्रतिफल

सिंहदरबार संवाददाता
२०७९ मंसिर २५, आईतवार १९:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

आइतबार बसेको बैंकको संचालक समितिको बैंकठले सो लाभांश वितरणको प्रस्ताव गरेको हो । नबिल बैंकद्वारा प्रस्तावित सो लाभांश हालसम्म वाणिज्य बैंकहरुद्वारा घोषित लाभांश मध्येकै सर्वाधिक हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले अघिल्लो आवमा ३५.२६ प्रतिशत र गत आवमा ३८ प्रतिशत लाभांश दिएको थियो । कोरोना महामारीमाझै नाफा बढाउँदै लाभांश पनि बढाइरहेको बैंकले गत आवमा तत्कालिन नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार पछि लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको हो ।

यद्दपि, अहिले बैंकद्वारा घो्षित लाभांश बैंकले गत आवको तुलना ८ प्रतिशतले कम हो । बैंकले रणनीतिक रुपै गत आवकोभन्दा कम लाभांश घोषणा गरेको बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बताए ।

‘बैंकको क्षमता ४० प्रतिशतकै हाराहारीमा हो । तर, लगानीकर्तालाई दिने प्रतिफलमा स्थायित्व ल्याउनको लागि क्षमताभन्दा कम लाभांश प्रस्ताव गरेका छौं । बाँकी मुनाफा रिजर्भमा राखेर आगामी वर्ष सेयरधनीमा प्रतिफल वितरण हुनेछ । प्रतिफल वितरणमा हामीले हरेक वर्ष ३० प्रतिशतभन्दा घोषणा नगर्ने रणनीति बनाएर अघि बढेका हौं ।’- बैंकका डेपुटी सीईओ ज्ञवालीले सिंहदरबारसँग भने ।

बैंकद्वारा घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको वार्षिक साधारणसभामा लगानीकर्तालाई वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्