Shikhar Insurance
National Life

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान

सिंहदरबार संवाददाता
२०७९ मंसिर २३, शुक्रबार १७:५२
Hyundai
NCELL
NIMB

वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेलले जानकारी दिए। पर्सामा खोप लगाउन पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा बाँकी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पर्साको पकहामैनपुर र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामूलक काम गर्ने र विद्यालयमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यक्रम संयोजक अजय यादवले बताए ।

खोप लिनेको सङ्ख्याका आधारमा सबैभन्दा कम पर्सा जिल्ला रहेको र जिल्लामा पनि सबैभन्दा कम पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसौनी गाउँपालिका रहेको सभापति कँडेलले जानकारी दिए । यस क्षेत्रमा खोप लिनेको सङ्ख्यामा वृद्धि गराउन तथा शतप्रतिशत पुर्याउन अभियान नै चलाउनु परेको उनको भनाइ छ । कँडेलका अनुसार हाल दुईवटा पालिकाका पकहामैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाइएको छ ।

बिन्दवासिनी गाउँपालिकामा पाँच वर्षदेखि ११ वर्ष उमेरका १२ हजार ८९१ जना र १२ वर्षदेखि १७ वर्षसम्मका ४६४ जना, १८ वर्षभन्दा माथिका १२ हजार ३५१ जनालाई खोप लगाइएको छ । साथै, पाँच वर्षदेखि ११ वर्षका ३ हजार ७२६ जना, १२ देखि १७ वर्षका २ हजार ८५४ जना र १८ वर्षमाथि ६ हजार ९४८ जनालाई खोप दिन बाँकी छ ।

यसैगरी पकहा मैनपुर गाउँपालिकामा पाँचदेखि ११ वर्ष उमेरका १३ हजार ४७६ जना, १२ वर्षदेखि १७ वर्षका २ हजार ८२ जनाले र १८ वर्षभन्दा माथिका १० हजार ७७७ जनालाई खोप लागेको छ । साथै, पाँच वर्षदेखि ११ सम्मका ५ हजार ७७८ जना, १२ वर्षदेखि १७ वर्षका ७४३ जना र १८ वर्षभन्दा माथिका ५ हजार ६५२ जनालाई खोप लगाउन बाँकी छ । खोप नलिएका केहीले खोप कार्ड भने बनाएको सर्भे गर्दा फेला नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जनाएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्