काठमाडौं । नेपाल राष्ट्र बैंकमा सम्पति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा स्थापना भएको छ । सम्पति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निरिक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा गठन गरिएको राष्ट्र बैंकले जनाएको छ । सम्पति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले संकास्पद वित्तिय कारोबारहरुको बिशिष्टिकृत सुपरिवेक्षण गर्नेछ
राष्ट्र बैंकले कालोधन खोज्ने बिशेष भूमिका खेल्ने योजनासहित छुट्टै महाशाखा खडा गरेको हो । राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंकभित्र छुट्टै विशिष्टिकृत सुरपरीवेक्षकीय संरचना स्थापना गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्