Shikhar Insurance
National Life

१ सय २३ नयाँ कोरोना सङ्क्रमितमध्ये ७३ उपत्यकामा, दुईले गुमाए ज्यान

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार २१:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् ।

बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ छन् । हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ । अझै पनि काठमाडौँमा एक हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय सङ्क्रमित छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १४४ छन् । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुगेको छ । बितेको २४ घन्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट दुई हजार ५५ जनाले ज्यान गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्