Skip to content
Shikhar Insurance
National Life

सुपर मादी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर २० गते अर्थात आजदेखि सुपर मादी हाइड्रोपावरले साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि जारी पूँजीको १५ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।

आजदेखि कम्पनीले जारी गर्ने आइपीओमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुले गरी कुल ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता रहेको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपीओमा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पुस ५ गतेसम्म सो आइपीओमा आवेदन दिन सक्नेन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुर २० गते सम्म लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो शेयरमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्