Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य सात महिनायताकै उच्च, १ लाख पुग्यो सुन, चाँदी कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य बढेर १ लाख रुपैयाँ नजिक पुगेको छ । अघिल्लो चार दिनदेखि निरन्तर बढीरहेको सुनको मूल्य यस दिन पनि निरन्तरता पाएको हो ।

सोमबार सुनको मुल्य बढेर सात महिना यताकै उच्च मूल्यमा पुगेको छ। यसअघि गत बैशाखमा १ लाख २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अहिले पुन १ लाख रुपैयाँ नजिक पुगेको छ।

सोमबार छापावला सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै,। तेजावी सुन पनि प्रतितोला ४०० रुपैयाँले बढेर ९९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

पछिल्लो समय डलरको मूल्य घटेका कारण सुनको मूल्य लगातार बढ्दो क्रममा देखिएको हो। नेपालमा अन्तर्राष्ट्रिय बजार मुल्यको आधारमा सुनको मूल्य निर्धारण गरिने हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ५ महिना यताकै उच्च छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति आउन्स १८०० डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य लगातार बढ्दै गएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्