Skip to content
Shikhar Insurance
National Life

एनएमबि बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्री, प्रतिकित्ता कति?

Hyundai
NCELL
NIMB

काठमाडौं। एनएमबि बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ४४ हजार ६७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकको सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । बैंकको सेयर खरिद गर्न इच्छुक संस्था वा व्यक्ति जो कोहीले बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।

बैंकले मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्ने भएको छ । लगानीकर्ताले बोलकबोलमा पुस ४ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ।

बैंकले सो संस्थापक सेयरको न्युनतम मूल्य १८० रुपैयाँ तोकेको छ। सेयर खरिद गर्न इच्छुक संस्था वा व्यक्तिले तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।

बैंकको सेयर न्युनतम ५ हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्